पश्चिम नवलपरासीमा ५० जनामा कोरोना पुष्टि, ८२ जना संक्रमण मुक्त, एकको मृत्यु


जेठ १७ । पश्चिम नवलपरासीमा सोमबार ८२ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संङ्ख्या एक हजार २७ सय ३४ पुगेको छ । यस्तै जिल्लामा सोमबार ५० जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये पुरुष ३० जना र महिला २० जना छन् । पिसिआर परिक्षणबाट ४८ जना र एन्टिजिन परिक्षणबाट २ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



रामग्राम नगरपालिकामा २९ जना, सुनवल नगरपाकिलामा ८ जना, पाल्हीनन्दन गाउँपालिकामा ७, बर्दघाट नगरपालिकामा ४ जना र र प्रतापपुर गाउँपालिकामा २ जना संक्रमित थपिएका छन् । सोमबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमित हुनेको संङ्ख्या ४ हजार एक सय २२ पुगेको छ । अब पश्चिम नवलपरासीमा कोरोनाका संक्रिय संक्रमितको संङ्ख्या एक हजार २ सय ५६ जना रहेका छन् ।

यसैविच पश्चिम नवलपरासीमा सोमबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपालिका वडा नम्बर ८ की ४५ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । स्वास्थ्य अवस्था गम्भिर रहेको उनको भरतपुर स्थीत पुरानो मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।




सोमबार एक जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संङ्ख्या एक सय ३२ पुगेको छ । पश्चिम नवलपरासीमा रहेका आइसोलेसनमा ३० जना कोरोनाका विरामी उपचाररत छन् । जसमध्ये बर्दघाटमा १७ जना, पृथ्वी चन्द्र अस्पताल परासीमा ८ जना, सुनवलमा ३ जना र सुस्तामा २ जना विरामी उपचाररत रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।



सम्बन्धित
Loading...