लागुऔषध सहित गैडाकोटमा एक जना पक्राउ




नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ नारायणी नदी पुलमा गैडाकोट प्रहरीले गएराति १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ७४९८ नम्बरको ट्रकमा ट्रक चालकले सिट मुनी लुकाई राखेको अवस्थामा प्रहरीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।




पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका १६ निवासी ३२ बर्षीय नेमसिंह गुरुङ रहेका छन् ।
प्रहरीले उनको साथबाट डाइजोपाम ५९ एम्पुल, नुफिन ६० एम्पुल र फेनरागन ६२ एम्पुल बरामद गरेको छ ।



सम्बन्धित
Loading...