नवलपुरमा २१२१ जना संक्रमित निको भए
कृशला सापकोटा –
नवलपुर । पूर्वी नवलपरासीमा मंगलबार १ सय १४ जना संक्रमित निको भएका छन् । यो सहित नवलपुरमा कोरोनाको दोस्रो लहर शुरु भए यता २ हजार १ सय २१ जना निको भएका छन् ।
त्यसैगरी मंगलबार ६८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
नवलपुरमा नयाँ संक्रमितको संख्या विस्तारै घट्न थालेको छ । कुनै बेला दैनिक १ सय २० देृखि १ सय ३० जनासम्म संक्रमित थपिने गरेको नवलुरमा अहिले दैनिक ६० देखि ८० को हाराहारीमा दैनिक नयाँ संक्रमित थपिने गरेको छ ।
त्यसैगरी सक्रिय संक्रमितको संख्या पनि १ हजार भन्दा तल झरेको छ । नवलपुरमा मंगलबार साँझ ५ बजेसम्म सक्रिय संक्रमितको संख्या ८ सय ९९ जना रहेका छन् ।
त्यसैगरी अहिलेसम्म नवलपुरमा कोरोनाको दोस्रो लहर शुरु भए यता ४९ जनाको निधन भएको छ भने अहिलेसम्म ८१ ज्ना संक्रमितले नवलपुरमा ज्यान गुमाएका छन् ।
