पश्चिम नवलपरासीमा ६३ जना कोरोना संक्रमण मुक्त, ३६ जना थपिए
जेठ १९ । पश्चिम नवलपरासीमा मगंलबार ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संङ्ख्या २ हजार ७ सय ९७ पुगेको छ । यस्तै जिल्लामा मगंलबार ३६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये पुरुष १७ जना र महिला १९ जना छन् । पिसिआर परिक्षणबाट १६ जना र एन्टिजिन परिक्षणबाट २० जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बर्दघाट नगरपालिकामा २५ जना, सुनवल नगरपाकिलामा ७ जना, रामग्राम नगरपालिकामा १ जना र प्रतापपुर गाउँपालिकामा ३ जना संक्रमित थपिएका छन् । आज थपिएकासँगै जिल्लामा कोरोना संक्रमित हुनेको संङ्ख्या ४ हजार एक सय ५६ पुगेको छ । अब पश्चिम नवलपरासीमा कोरोनाका संक्रिय संक्रमितको संङ्ख्या एक हजार २ सय २७ जना रहेका छन् ।
जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संङ्ख्या एक सय ३२ पुगेको छ । पश्चिम नवलपरासीमा रहेका आइसोलेसनमा २७ जना कोरोनाका विरामी उपचाररत छन् । जसमध्ये बर्दघाटमा १७ जना, पृथ्वी चन्द्र अस्पताल परासीमा ७ जना र सुनवलमा ३ जना विरामी उपचाररत रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।