आज पहाडी र तराईक्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । बुधबार प्रदेश १ लगायत पहाडी भू भागका केही तथा तराईका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।
भोलि प्रदेश १ लगायत पहाडी भू भागमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ भने देशभर बदली हुने छ ।