सुनको मुल्य स्थिर, चाँदीको मूल्य घट्यो
बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रही ९४ हजार ५ सयमा नै कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने तोमाला १० रुपैँयाले घटेर प्रतितोला १३६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।