चौधरी उद्योगको वियर प्लाण्टमा भिषण आगलागी फोटो फिचर


नवलपरासी, १९ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस वियर प्लाण्टमा बुधबार विहान अचानक आगलागी भएको छ ।



विहान साढे ८ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

वियरको गोदाममा बढी क्षति भएको छ । आगलागीबाट करोड बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ तथापि आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण यकिन हुने गिरीले बताए ।




आगो नियन्त्रणको प्रयास भईरहेको छ । ५ वटा दमकल, डेढ सयको संख्यामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी, कारखानाका कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्राम्भिक अनुमान गरिएको छ ।

 



सम्बन्धित
Loading...