सुनको मूल्य बढ्यो, प्रतितोला ९५ हजार नजिक पुग्यो


नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बढ्ने क्रममा बिहीबार सुनको मूल्य ९५ हजार नजिक पुगेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।




यता चाँदीको मूल्य भने बुधबारको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै बिहीबार एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



सम्बन्धित
Loading...