निषेधाज्ञामा एमाले नेताले चुनावी कार्यक्रम सुरु गर्दा प्रहरी रमिते
कोरोना संक्रमण नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ। निषेधाज्ञा अवधिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ।
जेठ १८ गते पनि नेता गुप्ताले पोखरीया नगरपालिका ९ शीवबर्वामा कार्यकर्ता भेलाका साथै पार्टी प्रवेश कार्यक्रम गरेका थिए। नेता गुप्ताले निषेधाज्ञामा भीडभाड गरेर चुनावको प्रचार गर्दै राजनीतिक कार्यक्रम गरेको तस्बिर र समाचार विभिन्न अनलाइन मिडिया र सामाजिक सन्जालमा भाइरल भएका छन्।
भीडभाड गरेर चुनावी कार्यक्रम गरिएको तस्बिर र समाचार भाइरल भएपछि त्यसको आलोचना भइरहेको छ।
नेविसंघ पर्साका नेता विकास तिवारीले निषेधाज्ञामा औषधि किन्न आउने व्यक्तिलाई समेत रोकेर कुटपिट र दुर्वव्यहार गर्ने प्रहरीले चुनावी कार्यक्रम गर्दै हिँडेका सत्तारुढ दलका नेतालाई केही नभन्नुले आश्चर्य लागेको बताएका छन्।
एमाले नेता गुप्ताले निषेधाज्ञा उल्लघंन गरेर गाउँमा भीडभाड गरेर आयोजना गरेका कार्यक्रमको तस्बिर सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै तिवारीले लेखेका छन्,‘निषेधाज्ञामा नेतालाई चुनावी कार्यक्रम गर्न सरकारले के छुट दिएको हो ?के नियम कानुन सर्वसाधरण जनतालाई मात्र लाग्ने हो?’