मध्यविन्दुका दुई युवा लागूऔषध सहित पक्राउ
नवलपुरमा अवैध लागूऔषध सहित दुई जना युवा पक्राउ परेका छन् ।
मध्यबिन्दु नगरपालिका-१० स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ सय ट्याब्लेट, स्पास्मो ३ सय ९३ क्याप्सुल, डाईजेपाम १० एम्पुल, फेनरागन १० एम्पुल, नुफिन १० एम्पुल र नगद ४८ हजार ८२ रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बा.४० प ३९९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो।
उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।