देवचुलीका एक जना पुरुष १० दिन देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह


 नवलपुरको देवचुली नगरपालिका वडा नं ३ ढोकानका एक पुरुष १० दिन देखि बेपत्ता भएका छन् ।



४६ वर्षका रहेका जगनाथ गौतम गत जेठ ११ गते देखि हराएको परिवारले जनाएको छ ।

गत बैशाख २३ गते घरबाट बुलिङ्गटार ६ अत्रौलीमा रहेको पहाड घर जान्छु भनि निस्केका र बुलिङ्गटारमा केही दिन बसि पुन आफ्नै घरमा फर्कने क्रममा केही चिनेका व्यक्तिले हर्कपुरमा जेठ ११ गते देखेको तर त्यसपछि कसैको सम्पर्कमा नआएको आफ्न्तले बताएका छन् ।




गौतम घरबाट निस्किदा खैरो रंगको सर्ट र हाफ पाइन्ट लगाएका थिए । अहिले उनी कसैको पनि फोन सम्पर्कमा नआएकाले जो कोहीले उनलाई देखेमा नजिकैको प्रहरीलाई वा गौतमको आफन्तलाई फोन सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

निजको आफन्तको फोन न. ९८२५४८०४७९



सम्बन्धित
Loading...