कोरोना संक्रमितभन्दा निको हुने दोब्बर, आज ३४७९ जनामा संक्रमण हुँदा ६६३६ निको भए
नेपालमा ३४७९ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ३०२४ जना र एन्टीजेन परिक्षणबाट ४५५ जना गरि जम्मा ३४७९ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितमध्ये भक्तपुरका १४६ जना, ललितपरका २५४ काठमाडौंका ७३१ जना रहेका छन् ।
आज थपिएका संक्रमितमध्ये भक्तपुरका १४६ जना, ललितपरका २५४ काठमाडौंका ७३१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोनाबाट ९९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ६६३६ जना कोरोनामुक्त भएका छन् । हाल संक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ ।