देवचुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गयो


कावासोती । देवचुली नगरपालिका-२ हमालचोकको सडकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्‍यु भएको छ ।



सोमबार बिहान ना.१ क ३९५३ नम्बरको ट्रकले करिब ५५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।




ट्रक चालकलाई नियन्त्रणमा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ । मृतकको परिचय खुल्न सकेको छैन ।



सम्बन्धित
Loading...