नवलपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो


नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा निषेधाज्ञा जेठ महिना भरीका लागी थप गरिएको छ ।



अर्थात जिल्लामा यहि जेठ ३१ गतेसम्मका लागी निषेधाज्ञा जारी रहने भएको छ ।

आज (आइतबार) बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गतेसम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।




खुकुलो यथावतः

यसअघि जेठ २४ गते राती १२ बजेसम्म जारी भनिएको निषेधाज्ञाका नियमहरु नै लागु हुने छन् । तर अर्थात अत्यावश्यक सवारी साधनहरु चल्ने, निश्चित समयमा बैक तथा बित्तिक संस्था तथा खाद्यान्नका पसल खुल्ने छन् । आजको निर्णयले शैक्षिक सत्र सुरु हुन लागेकोले पुस्तक ढुवानीका सवारी साधन पनि चल्ने बताइएको छ ।



सम्बन्धित
Loading...