फेरि बढ्यो सुनको मूल्य


गत सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः बढेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर गत आइतबारकै मूल्य ९४ हजार १०० रुपैयाँमा पुगेको हो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।




तर, यता चाँदीको मूल्य भने गत मंगलबारको मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 



सम्बन्धित
Loading...