कर्णालीमा पुग्यो राष्ट्रिय प्रसारण लाईन

70












कर्णालीमा पहिलो पटक राष्ट्रिय विद्युत प्रशारण लाईन पुगेको छ ।


दैलेखको दुल्लु नगरपालिकाबाट ११ केभी विद्युतलाईन विस्तार भएसँगै कालीकोट राष्ट्रिय प्रशारणमा जोडिएको प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले जानकारी दिए ।
सोमबार रातिदेखि कालीकोटमा राष्ट्रिय प्रशारण लाइन पुगेको हो ।
तत्कालिन उर्जामन्त्री एवंम हाल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उर्जामन्त्रीको पदभार ग्रहण गरे लगतै साविकको कर्णालीका ५ जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्ने पहिलो निर्णय गरेका थिए । उक्त योजनाले झण्डै ४ वर्ष पछि मुर्तरुप लिएको छ ।
यसअघि कालीकोटको मान्मा बजार क्षेत्र र आसपासमा जेनेहेटरबाट विद्युत वितरण गरिँदै आएको थियो । राष्ट्रिय प्रशारण जोडिएसँगै कालीकोटमा लोडसेडिङको अन्त्य भएको बताइएको छ ।

 



You might also like
Loading...