६२–६४ उमेर समूहका लागि बुधबार कावासोतीमा कोभिड खोप





कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बुधबार ६२ देखि ६४ बर्ष उमेर समूहका लागि कोभिड १९ को पहिलो चरणको खोप लगाइने भएको छ ।

भोलि विहान १० बजेदेखि ४ बजेसम्म कावासोतीका ५ स्थानमा खोप लगाउने कार्यक्रम रहेको छ ।




कावासोतीको शिवमन्दिर स्वास्थ्य चौकी, पिठौली स्वास्थ्य चौकी, कावासोती स्वास्थ्य चौकी, अग्यौली स्वास्थ्य चौकी र कुमारवर्ती स्वास्थ्य चौकीमा खोप लगाइने भएको स्वास्थ्य शाखा कावासोतीले जनाएको छ ।




सम्बन्धित
Loading...