मोटरसाइकल दुर्घटनामा आमाको मृ’त्यु, छोरा घा’इते
पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घ’टनामा एक जनाको मृ’त्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना हुदाँ इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगरको मृ’त्यु भएको हो ।
मोटरसाइकल मङ्गलबार राति १०ः१० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ ।
मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घा’इते भएका छन् ।
घा’इते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृ’तक र घा’इते आमा छोरा रहेको थापाले जानकारी दिए ।