मितेरी फाउन्डेशनको सहयोगमा ७५ परिवारलाइ राहत बितरण




जेठ २५, चितवन । मितेरी फाउन्डेसन नेपाल को आयोजनामा राप्ती नगरपालिका वडा न १३ को च्याउदिङगमा मंगलबार राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बान्द्राङ, सागम , बाङसीलीङ लगायत आसपासका अति सीमान्तकृत चेपाङ बस्तिमा लकडाउनको समस्यामा परेका ७५ घरधुरीहरुलाइ राहत वितरण गरिएको हो।




प्रति घर ३० के. जि चामल ,२ के.जि दाल, ३के.जि नुन १ लिटर तेल आधा किलो मस्यौरा बितरण गरिएको छ। मितेरी फाउन्डेसन नेपालका सल्लाहकार तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य राजेश्वर खनालले जेष्ठ नागरिक केशर सिङ चेपाङलाई राहत दिदै कार्यक्रमको सुरुवात गर्नु भएको थियो ।

पछिल्लो समय चितवनका अति बिपन्न समुदायलाई राहत बितरण गर्नेमा अग्रपंक्तिमा रहेका खनालको संयोजकत्वमा आज नै कालिका नगरपालिकाको सिद्धि तिन दोभानमा नेपाल तरुणदल कालिका नगर समितिले १ सय अति बिपन्न चेपाङ परिवारलाई राहत बितरण गरेको थियो ।

मितेरी फाउन्डेसनका सदस्य बालकृष्ण थपलियाले राप्तीको बिकट पहाडी भेगमा खाद्यान्न अभाबको जानकारी पाएपछि राहत कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । परोपकार मुलक काम गर्ने उदेश्यले स्थापना गरिएको यस संस्थाले आफ्नो उदेश्य अनुसार अहिलेको असहज परिस्थितिमा सहयोग गर्न पाउँदा खुशी लागेको उपाध्यक्ष अनिता खनालको भनाइ थियो।

फाउन्डेसनका अध्यक्ष रबिन्द्र सिंह बानियाँको पहलमा COVID alliance for Nepal को सहकार्य मा भृकुटी देवी ट्रस्ट को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो।



सम्बन्धित
Loading...