रौतहटमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो
रौतहटमा जेठ ३१ गते रातिसम्म का लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी अगामी जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।![]()
जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न बैठकले आज राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा कोरोना संक्रमणको नयाँ भेरियन्टको जोखिम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए ।
निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्था, खाद्य सामाग्री, किराना, फलफुल, तरकारीका पसलहरु हप्ताको ४ दिन (आइतवार, मंगलवार, बिहीवार र शुक्रवार मात्र सञ्चालन गर्न पाइने जनाइएको त्यस्तै होटल तथा रेस्टुरेन्टहरुले होम डेलभरीमार्फत मात्र व्यवसाय सञ्चालन गर्न पाउने जनाइएको छ ।
अत्यावश्यक सूचीमा रहेका एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारीलाई भने सञ्चालन गर्न अनुमति दिइनेछ ।