राष्ट्रियसभा सदस्य पाण्डेद्वारा सपथ ग्रहण
नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले सपथ लिएका छन् ।
आज लुम्बिनी प्रदेशबाट विजयी पाण्डेले संघीय संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
जेठ १७ गते भएको उपनिवर्चानमा पाण्डे विजयी भएका थिए ।