गण्डकी प्रदेश सभा बैठक आज बस्दै


गण्डकी प्रदेश सभा बैठक आज बस्ने भएको छ । प्रदेश सभाको बैठक आज मध्याह्न १२ बजेका लागि बोलाइएको छ ।



बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मनाङबाट निर्वाचित स्वतन्त्र सांसद तथा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारका खेलकुदमन्त्री रहेका राजीव गुरूङ (दीपक मनाङे)ले सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।




योसँगै गुरुङ नेतृत्वको सरकारले विश्वासको मत नपाउने निश्चित भएको छ ।



सम्बन्धित
Loading...