भरुवा बन्दुकसहित बझाङमा एक जना मृत फेला


बझाङको गडाला सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक जना मृत फेला परेका छन् ।



खप्तडछान्ना गाउँपालिका–४ खत्री गाउँका अन्दाजी ३५ वर्षीया डम्बरबहादुर खत्री यही जेठ २४ गते जङ्गल गएको र उनको परिवारले खोजी गर्दा जेठ २५ गते उनी मृतावस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको र उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाएको छ ।




मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम भएर मृतकका आफन्तले शव लगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।



सम्बन्धित
Loading...