विश्वासको मत दिन मुख्य मन्त्रीको अपिल
नवलपुर । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो लागि पुन एक पटक विश्वासको मत दिन अपिल गरेका छन् ।
विहीबार विश्वासको मत लिने क्रममा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा बोल्दै मुख्य मन्त्री सुब्बाले यस्तो अपिल गरेका हुन् ।
उनले संसदको ठूलो दलको हैसियतले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले आफैमाथि कुनै शंका उपशंका नगर्न र विश्वासको मत प्राप्त गरे पनि नगरे पनि संविधान अनुसार नै प्रक्रिया अगाडि बढ्ने बताए ।
गुरुङले लिने विश्वासको मतको लागि प्रक्रिया अगाडि बढेको छ । उनले विश्वासको मत पाउने सम्भावना निक्कै कम रहेको छ ।
live link https://www.facebook.com/watch/live/?v=837808796856200&ref=watch_permalink