नवलपुरमा १ सय ९९ जनामा परीक्षण गर्दा ७६ मा पोजेटिभ

95












कृशला सापकोटा –

नवलपुर । पूर्वी नवलपरासीमा विहीबार १ सय ९९ जनाको स्वाब परीक्षण गर्दा ७६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।


गैडाकोटमा १५ जनामा परीक्षण गर्दा १३ जनामा पोजेटिभ देखिएको छ । त्यसैगरी देवचुलीमा ६० जनामा परीक्षण गर्दा २३ जनामा पोजेटिभ, कावासोतीमा ३८ जनामा परीक्षण गर्दा १९ जनामा पोजेटिभ र मध्यविन्दुमा १३ जनामा परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

त्यसैगरी बुलिङटारमा १२७ जनाको स्वास्थ्य परीक्षण गर्दा ७ जनामा पोजेटिभ देखिएको छ भने हुप्सेकोटमा १ जनाको परीक्षण गर्दा १ जनामा नै पोजेटिभ देखिएको छ ।
त्यसैगरी विहीबार कावासोतीका थप एक जनाको निधन भएको छ । यो सहित नवलपुरमा कोरोनाको दोस्रो लहर शुरु भए यता ६३ जनाको निधन भएको छ भने अहिलेसम्म ९५ जना संक्रमितको ज्यान गएको छ ।
त्यसैगरी विहीबार नवलपुरमा ६८ जना संक्रमित निको भएका छन् । यो सहित नवलपुरमा संक्रमित निको हुनेको संख्या ३ हजार ८५ पुगेको छ ।
विहीबार गैडाकोटको ११ जना, देवचुलीको १९ जना, कावासोतीमा १० जना, मध्यविन्दुमा १० जना, विनयी त्रिवेणीमा ४ जना र बौदीकालीमा १४ जना संक्रमित निको भएका छन् ।



You might also like
Loading...