गण्डकीमा वैकल्पिक सरकार गठनका लागि २४ घण्टे आह्वान


 

 



पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी छन् ।

 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यसको जानकारी औपचारिक रुपमा संसद सचिवालयले शुक्रबार मात्र प्रदेश प्रमुखलाई जानकारी गराएको थियो ।

 




संसद सचिवालयको पत्र प्राप्त भएलगत्तै प्रदेश प्रमुख पौडेलले नेपालको संविध २०७२ को धारा १६८ उपधारा ५ अनुसारको सरकार गठनका लागि २४ घण्टा सयम दिएर आह्वान गरेकी हुन् । जस अनुसार भाेलि दिउँसाे ३ बजेसम्म वैकल्पिक सरकारको दाबी गर्न सकिने छ ।

 

प्रदेश सभामा हिजो मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावका पक्षमा २७ मत पपरेको थियो । विपक्षमा भने ३० मत परेको थियो ।

 

गुरुङ सरकारमा मन्त्री रहेका दीपक मनाङे नै मुख्यमन्त्रीलाई भोट हाल्न गएनन् । जनमोर्चाले कारवाही गरेका सांसद कृष्ण थापाले कतै पनि मत हालेनन् ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ ।

 

कांग्रेस, माओवादी, जनमोर्चा र जसपाले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा यस अघि नै प्रस्ताव गरिसकेका छन् ।

३ सदस्य रहे जनमोर्चा भने सरकारमा सामेल हुने छैन ।

 

सिधा अर्थमा हेर्दा दीपक मनाङेले साथ दिएमा गठवन्धन सरकार बन्ने पक्का छ । तर सरकारी पक्ष भने कुनै कागजी समस्या खडा गरेर संसद विघटनको मुडमा छ । जसरी हुन्छ यही सरकारले चुनाव गराउने गरी संसद विघटनको दाउमा सरकारी पक्ष छ ।

 

पहिलोपटक २०७४ फागुन ४ मा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बाले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने चाल पाएपछि वैशाख २ गते प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको थिए ।

 

अविश्वासको प्रस्ताव दर्तासहित विशेष अधिवेशन विपक्षीले मागेपछि वैशाख २६ मा मुुख्यमन्त्रीले राजीनामा दिएका थिए । उनली वैशाख २९ मा फेरि पुनर्नियुक्त भएका थिए ।



सम्बन्धित
Loading...