कृष्णचन्द्र पाेख्रेललाई मुख्यमन्त्री बनाउन माग गर्दै ३१ सांसादकाे हस्ताक्षर बुझाए
पोखरा। गण्डकीमा वैकल्पिक सरकार गठनका लागि विपक्षी दलहरु प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएका छन् । सरकारका निर्माणका लागि चाहिने ३१ जना सांसद नै भौतिक रुपमा उपस्थित भएर उनीहरुले हस्ताक्षर बुझाएका हुन् ।
प्रदेश प्रमुखले भोलि दिउँसो ३ बजेसम्मको समय तोकेर आह्वान गरे पनि बहुमत सदस्य (३१) सहित आजै उपस्थित भएर बुझाइएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घन्टाको समय दिएर दावी पेस गर्न आजै आह्वान गरेकी थिइन् ।
विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।
प्रदेश प्रमुख कार्यालयमा ३१ सांसदको हस्ताक्षर सनाखत![]()
पोखरा । गण्डकीमा वैकल्पिक सरकार गठनका लागि विपक्षी दलहरु प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएपछि फेरि हस्ताक्षर सनाखत गरेका छन् ।
सरकारका निर्माणका लागि चाहिने ३१ जना सांसद नै भौतिक रुपमा उपस्थित भएर उनीहरुले हस्ताक्षर बुझाएपछि सबै जनाले फेरि हस्ताक्षर गरेका हुन् । हस्ताक्षर नक्कली हो भनेर फेरि सत्ता पक्षकाले दाबी गरे भने त्यसैको प्रमाणका लागि उनीहरुले सनाखत गर्नु परेको हो ।


