पश्चिम नवलपरासीमा प्रहरीद्वारा मदिरा बरामद


श्याम थापा – 





सुस्ता २९ जेठ –  पश्चिम नवलपरासीमा प्रहरीले मदिरा बरामद गरेको छ । जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा राखिएको ४८ पेटी सौफी नामकको करिब ५० हजार बराबरको मदिरा प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी रामनगरका इन्चार्ज नारायण लुइँटेलको नेतृत्वमा निस्केको गस्ती टोलीले नारायणी नदिको किनारमा राखिएको मदिरा बरामद गरेको चौकी इन्चार्ज लुइँटेलले सुस्ता सन्देशलाई बताउनु भएको छ ।

सो मदिरालाई आवश्यक कानुन प्रक्रियाको लागी ईलाका प्रहरी कार्यालय बेलाटारी पठाएको प्रहरी चौकी रामनगरले जनाएको छ । 




सम्बन्धित
Loading...