गैंडाकोटमा ६४ बर्ष उमेर पुगेका व्यक्तिलाई जेठ ३० मा खोप लगाईने


प्रकाश भण्डारी “बिवेक” गैँडाकोट नगरपालिकाले नगरभित्र बसोबास गर्नुहुने ६४ बर्ष उमेर पुगेका व्यक्तिहरूलाई कोभिड १९ बिरूद्धको पहिलो चरणको “भेरोसेल” खोप लगाउने भएको छ।



चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप जेठ २८ गते ६२ देखि ६४ उमेर समुहका ४६६ जनाले लगाईसकेका छन्। ९६० डोजमध्ये ४९४ डोज बाँकी रहेकोले भ्याक्सिनको सिमाभित्र रही पहिलो डोज लगाउन बाँकी रहेका ६४ बर्ष उमेर पुगेका नागरिकहरूलाई जेठ ३० गते खोप लगाईने गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले नवलपुर टाईम्सलाई बताउनुभयो।

जेठ ३० गते कायम गरिएको भेरोसेलको खोप तालिका अन्तर्गत वडा नं. १, २, ४, ५, ६, ७, ८ र ९ का नागरिकहरूलाई गैंडाकोट स्वास्थ्य चौकीमा, वडा नं. ३ का लागि आधारभूत स्वास्थ्य केन्द्र ढोडेनी, वडा नं. १५, १६, १७ र १८ का लागि अमरापुरी स्वास्थ्य चौकी र वडा नम्बर १०, ११, १२, १३ र १४ का लागि गैँडाकोट नगर अस्पताललाई खोप केन्द्र तोकिएको छ।




खोप विहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म लगाईने छ। ६४ बर्ष उमेर पुगेका नगरवासीले उमेर खुल्ने कागजात साथमा लिएर आउन पनि स्वास्थ्य शाखाले आग्रह गरेको छ।



सम्बन्धित
Loading...