नवलपुरमा घटे सक्रिय संक्रमित


नवलपुर । पूर्वी नवलपरासीमा संक्रिय संक्रमितको संख्या घट्न थालेको छ ।




शनिबार साँझ ५ बजेसम्म नवलपुरमा कोरोना भाइरस सक्रिय रहेका संक्रमितको संख्या ६ सय ९३ मा झरेको छ । नवलपुरमा १ हजार २ सयको हाराहारीमा सक्रिय संक्रमित पुगेको थियो ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्ला अस्पतालमा १३ जना, देवचुली नगर अस्पतालमा १२ जना, गैडाकोटमा ४ जना, मध्यविन्दु नगर अस्पतालमा १ जना, विनयी त्रिवेणीको अस्पतालमा ४ जना, हुप्सेकोटको अस्पतालमा २ जना र बौदीकालीको अस्पतालमा १ जना गरी ३७ जनाले अस्पतालमा उपचार गराइरहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् ।




गैडाकोटमा १ सय ३२ जना, देवचुलीमा ८५ जना, कावासोतीमा १ सय ३३ जना, मध्यविन्दु नगरपालिकामा २८ जना सक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छन् ।

त्यसैगरी विनयी त्रिवेणीमा ९१ जना, हुप्सेकोटमा ३८ जना, बुलिङटारमा ७८ र बौदीकाली गाउँपालिकामा ६५ जना सक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छन् ।

७४ जना संक्रमित थपिए, १ सय ९ जना निको भए, १ को मृत्यु

पूर्वी नवलपरासीमा शनिबार ७४ जना नयां संक्रमित थपिएका छन् ।
पिसिआर विधि र एन्टिजेन विधिबाट गरी शनिबार २ सय ३२ जनाको स्वाब परीक्षण गरिएकोमा ७४ जनामा पोजेटिभ देखिएको हो भने १ सय ५८ जनामा नेगेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा नवलपुरको गैडाकोटमा ७ जना, देवचुलीमा २३ जना, कावासोतीमा २३ जना, मध्यविन्दुमा ३ जना संक्रमित थपिएका छन् । त्यसैगरी विनयी त्रिवेणीमा ३ जना र बुलिङटारमा १५ जना संक्रमित थपिएका हुन् ।

यसैबीच नवलपुरमा पछिल्लो २४ घण्टामा १ जना संक्रमितको निधन भएको छ । नवलपुरमा कोरोनाको दोस्रो लहर आए यता ६५ जनाको निधन भएको छ भने अहिलेसम्म नवलपुरमा ९७ जना संक्रमितले कोरोनाको कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरमा बैशाख १ गते यता ७ हजार ५ सय जनामा कोरोना परीक्षण गरिएकोमा ३ हजार ९ सय ८७ जनामा पोजेटिभ देखिएको छ । ति मध्ये ३ हजार ३ सय ३ जना निको भएका छन् ।




सम्बन्धित
Loading...