गण्डकी प्रदेशका महान्यायाधिवक्ता डा. घिमिरेले दिए राजिनामा




पोखरा । गण्डकी प्रदेश महान्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उनले आइतबार राजीनामा दिएका हुन् ।

निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले घिमिरेलाई २०७४ फागुन २१ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।




लमजुङ स्थायी घर भएका घिमिरेले प्रदेश कानुन निर्माणका लागि ३ वर्ष ३ महिना काम गरे । राजीनामा पत्रमा उनले कार्यसम्पादनका क्रममा त्रुटि भएमा माफी मागेका छन् ।



सम्बन्धित
Loading...