कोरोना, प्रकृति र हाम्रो संस्कृति


कविता –



  • रचनाः कावासोती बिजी –



कांबाट आयो यो दुष्ट जीव
कही हेर्दा देखिन्न।
दैवको लिला भाविको खटन
मेटाउदा मेटिन्न।
साथको प्यार चुडेर लग्यो
कोही भेट्न दिएन।
म कहां पाउ त्यो प्राणलाई
छोड्न मन थिएन।
हिजोसं सन्चै एक्कासी ज्वरो
ज्यान गल्यो खुत्रुक्कै।
जाचेर हेर्दा कोरोना भन्ने
रोग निस्क्यो टुप्लुक्कै।
लगेको देख्छु जो हेर्दा पनि
बिज्थेनन् आंखामा।
कोही लडे घरै, के कति मरे
डक्टरका काखमा।
रोगका डरले यो मानवता
हराउदै गई सक्यो।
कांगयो संस्कार के भयो कर्म
विलुप्तै भई सक्यो।
भो अव रोक्देउ मृत्यु खेल
बाच्न देउ सवैलाई।
पुकार गर्छौं यो बिन्ति सुनी
न लैजाउ कसैलाई।
जाने त गए बच्नेले अव
लौ धर्म निभाउ।
सनातन हाम्रो त्यो कुलधर्म
मिलेर चलाउ।
आआफ्नै रितका ति पितृकर्म
गरेर पठाउन।
जाने ले पनि स्वर्गको गति
पक्रेर रमाउन।
पछुतो लाग्छ यो सनातनी
बिर्सदै गएको।

थाहा भो बल्ल नैमित्य कर्म
बैज्ञानिक रहेको।
भान्सामा सधैं त्यो चुलोचौका
गौ गोवर लिपिन्थ्यो।
बिटुला छन् कि लाएका लुगा
अलग्गै झिकिन्थ्यो।
थिएन चलन त्यो बासी खाने
सात्विक थ्यो भोजन।
आधुनिक भन्दा बैज्ञानिक रैछ
त्यो प्राचिन चलन।
गास भन्दा अघि थालमा घेरा
पानीको मारेर।
जे जति पाके भोजन जति
राखिन्थ्यो अर्पेर।
पुकारा हुथ्यो केही खानु अघि
जल,आकाश,भूमीलाई।
खाई सक्दा पनि स्मरण हुथ्यो
अगस्थी ऋषिलाई।
बर्षेनी हुन्थ्यो नागको पूजा
जलका मुहानमा।
खोला र नाला पधेरा कुवा
पानीका चुहानमा।
देखियो पैला कोभिड उन्नाईस
चाईनाको बुहानमा।
पक्रेर खांदा निमुखा जीव
रोग फैल्यो मानवमा।
भन्छन नि कतै शक्तिको होड
हो जैविक हतियार।
परीक्षण गर्दा ल्यावबाट चुहियो
भन्छन ति मतियार।
भो अव छाडौं कारणका पछि
नलागौं डुक्रेर।
त्यो स्वास्थ्यसंघको नियम मानौ
न हिडौं उफ्रेर।

अटल विश्वास छ हामीलाई
अदृश्य प्रभूमा।
भुसुना देखि अजंग जीव
त्यो हात्ति सम्ममा।
त्यसैले हामी जीव हत्या होईन
संरक्षण चाहन्छौ।
प्रभूको पनि तेही आत्मा भित्र
बास भएको मान्दछौं।

प्रकृति प्रेमी सनातन धर्म
पूर्खाले मानेको।
नबिर्सी अव पालना गरौ
अग्रजले जानेको।
ज्ञात पनि भयो पश्चिमालाई
हाम्रो यो शिष्टाचार।
करबद्ध गरी अभिवादनमा
गरिन्छ नमस्कार।
यी विधि हामीले पालन गरे
केही रोग फैलन्न।
प्रकृति पूजक भएर बसे
यो बिश्व मैलन्न।विश्व यो मैलन्न।।

  • नवलपरासी, पुर्व


सम्बन्धित
Loading...