नवलपुरमा हप्तामा ६ दिन नै बैंकहरु खुल्ने




नवलपुर । पूर्वी नवलपरासीमा असार १ गतेदेखि सबै बैंकहरु साताको ६ दिन नै खुल्ने भएको छ ।

जेठ ३१ गते सोमबार राति १२ बजेसकिने निषेधाज्ञा भने थप गरिने भएको छ ।




नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले कोरोनाका कहर नवलपुरमा अझै जारी रहेकोले निषेधाज्ञा भने जारी रहने बताइन् ।

पंगेनीका अनुसार बैंक तथा वित्तिय संस्थाहरु हप्ताको दुई दिन मात्र खुल्दा बैंकमा सेवाग्राहीको चाप बढेको र सेवाग्राहीको समेत गुनासो आएका कारण बैंक हप्तामा ६ दिन र दैनिक २ बजेसम्म नियमित सञ्चालन गर्ने गरी निर्देशन गर्ने तयारी भएको छ ।

किन भयो अनियमित

नवलपुरमा निषेधाज्ञा जारी भए लगतै पहिलो पटक स्थानीय तहहरुले बैंक हप्तामा दुई दिन मात्र खोल्ने निर्णय गर्यो ।
बैंकमा भिड बढेपछि लगतै प्रशासनले सूचना जारी गरेर बैंक सातामा पुरै समय खोल्न निर्देशन दियो । केही दिन सोही अनुसार पनि खुले तर पुन सातामा दुई दिन झारे ।
स्रोतका अनुसार बैंकका कर्मचारीहरुले कोरोनाको कहरको बाहानामा काममा कम आउनका लागि समूह नै बनाएर स्थानीय तहमा बैंक सातामा दुई दिन मात्र खोल्न र सातामा पुरै समय खोल्दा कर्मचारी अभाव, कोभिडको त्रास आदि देखाए पछि स्थानीय तहले पुन सातामा २ दिनमा झारेको थियो ।



सम्बन्धित
Loading...