गण्डकी सरकारकाे पहिलाे निर्णय:पुर्व मुख्यमन्त्रीलाई सुविधा


गण्डकी प्रदेश सरकारले पुर्व मुख्यमन्त्रीहरूलाई सुविधा उपलब्ध गराउने निर्णय गरेकाे छ ।




मन्त्रीपरिषदकाे पहिलाे बैठकले श्राेतका आधारमा सुविधा तय गर्ने निर्णय गरेकाे हाे । संघकाे सुविधा समेत हरेर पुर्व मुख्यमन्त्रीकाे सुविधा ताेकिने सरकारका प्रवक्ता कुमार खड्काले बताए ।

`अहिले नै के दिने निर्णय भएकाे छैन । तर सम्मान गर्नुपर्छ´ उनले भने, `एउटा कार्यविधि बनाएर सुबिधा ताेक्ने कुरा छ ।´ ऐन तयार नहुँदासम्म क्याविनेट निर्णयले सुविधा दिईने छ ।




पहिलाे बैठकले सरकारकाे प्रबक्तामा विना विभागीय मन्त्री कुमार खड्कालाई ताेकेकाे छ । शनिवार राति ५ मन्त्रीलाई प्रदेश प्रमुखले नियुक्त गरेका हुन् ।




सम्बन्धित
Loading...