पश्चिम नवलपरासीमा दुई कोरोना संक्रमितको मृत्यु


जेठ ३० । पश्चिम नवलपरासीमा आइतबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपलिकाका दुई संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुनवल वडा नम्बर ३ का ८० वर्षीय बृद्धको होमआईसोलेशनमा र सुनवल वडा नम्बर १२ की ६३ वर्षीय महिलाको मेडिकल कलेज भैरहवामा मृत्यु भएको छ ।



योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ४५ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै आइतबार जिल्लामा ५६ जना कोरोना संक्रमित निको भएका छन । अहिलेसम्म जिल्लामा ३ हजार ८ सय ९८ जना कोरोना मुक्त भएका छन् ।

पिसिआर परिक्षणबाट ८ जना र एन्टिजिन परिक्षणबाट १२ जनामा गरी जिल्लामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिले पश्चिम नवलपरासीमा ४ सय ८२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।



सम्बन्धित
Loading...