पश्चिम नवलपरासीमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था देनिक खुल्ने


 



परासी, जेठ ३० । पश्चिम नवलपरासीमा निषेधाज्ञा असार ७ गतेसम्मका लागि बढाइएको छ । पश्चिम नवलपरासीमा पाँचौ पटक निषेधाज्ञा थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गरेर निषेधाज्ञा असार ७ सम्म पुर्याएको जनाएको छ ।
तर यस पटकको निषेधाज्ञामा बैक तथा वित्तीय संस्था र सरकारी कार्यालय नियमित सञ्चालनमा आउने भएका छन् ।




बैंक तथा वित्तिय संस्था र राजश्वसँग सम्बन्धीत संस्थाले भौतिक दुरी कायम गरि जनस्वास्थ्यका मापदण्ड पालना गर्दे दैनिक विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने भएको छ ।

त्यसैगरी हरियो तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा÷मासु, अण्डा, एग्रोभट, विउविजन, रासायनिक मल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु मात्र विहान ५ देखि दिउँसो २ बजेसम्म खुल्ने भएको छ ।
त्यसैगरी प्रशासनले जारी गरेको आज्ञामा जिल्ला स्थित सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका कार्यालय प्रमुखहरु अनिवार्य उपस्थित भई कार्यालय सञ्चालन गर्न भनिएको छ ।

कार्यालयबाट प्रदान गरिने अत्यावशकीय सेवा न्यूनतम कर्मचारीलाई आलोपालो गरि सञ्चालन गर्न भनिएको छ ।



सम्बन्धित
Loading...