नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो

269








३० जेठ, नवलपुर ।
नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ ।




आइतबार थप ३ जनाको निधन भएसँगै नवलपुरमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १ सय पुगेको हो ।
कोरोना संक्रमणको पहिलो लहरदेखि आजसम्म आईपुग्दा एक सय जनाको ज्यान गएको स्वास्थ्य प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए ।

चैत मसान्तसम्म ३२ जनाले ज्यान गुमाएकोमा दोस्रो लहरमा अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ । ०७८ बैशाख महिनामा १८ जनाको निधन भएकामा जेठ यता ५० जनाले ज्यान गुमाईसकेका छन् ।

यसैबीच आईतवार मृत्यु पुष्टि हुनेमा गैंडाकोट, मध्यविन्दु र विनयी त्रिवेणीका एक–एक जना छन् ।
गैंडाकोट नगरपालिका वडा नं। ७ का ६४ बर्षका पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा आईतवार बिहान मृत्यु भएको गैंडाकोट स्वास्थय शाखाले जनाएको छ । जेठ २३ गते संक्रमण पुष्टि भएका ति पुरुष सोही दिनदेखि अस्पतालमा उपचार गराईराखेका थिए ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं। ६ का ८४ बर्षीया बृद्धा महिलाको शनिवार दिउँसो मृत्यु भएको हो । कोभिडजन्य लक्षण र स्वासप्रस्वासमा समस्या भएर मध्यविन्दु अस्पतालमा जेठ २५ गते पुगेकी ति बृद्धाको पिसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएकोले अस्पतालमै राखेर उपचार भैराखेका थियो ।

ति वृद्धाको स्वास्थ्यमा थप जटिलता आएपछि जिल्ला अस्पतालले भरतपुर रेफर गरेकोमा लैजाँदालैजादै बीचबाटोमै मृत्यु भएपछि परिवारले सिधै त्रिवेणीघाटमा पुर्याएर अन्तिम संस्कार गरेको विनयी त्रिवेणी स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसैगरी नवलपुरमा आइतबार जम्मा २० जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गैँडाकोट नगरपालिकामा ७ जनामा, देवचुलीमा १ जनामा, मध्यविन्दुमा ६ जनामा, विनयी त्रिवेणीमा ६ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

आइतबार जिल्लामा ८३ जना संक्रमित निको भएका छन ।

अब जिल्लामा ६ सय २७ जनामात्र सक्रिए संक्रमित रहेका छन् ।



You might also like
Loading...