कावासोतीमा नगद ४ लाख ३२ हजार सहित तास खेलिरहेका ८ जना पक्राउ


कावासोती । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले गएराति नगद ४ लाख ३२ हजार ६ सय ९५ रुपैयाँ सहित ८ जनालाई पक्राउ गरेको छ ।
कावासोती २ स्थित लोकतान्त्रिक चोकबाट ४ बुक तास सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



पक्राउ पर्नेमा कावासोती २ निवासी २८ बर्षीय सागर कुँवर, देवचुली १६ रहजर घर भई हाल कावासोती २ निवासी २६ बर्षीय हुस्ना मुवारक मिया, बर्दघाट १५ निवासी २९ बर्षीय लालबहादुर तामाङ, मध्यविन्दु ३ निवासी निवासी २६ बर्र्र्षीय नारायण खनाल, कावासोती २ निवासी ३६ बर्षीय गोविन्द न्यौपाने, ४१ बर्षीय रामजी पाण्डे, ३९ बर्षीय खिमबहादुर लामिछाने र ३५ बर्षीय उज्वल मल्ल रहेका छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तरगत अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।



सम्बन्धित
Loading...