बर्दघाटका आठ राजनैतिक दलले बुझाए बर्दघाट नगर प्रमुखलाई ध्यानाकर्षण

250








पप्पु रेग्मी –
बर्दघाट । पश्चिम नवलपरासी बर्दघाट नगर पालिका स्तरीय क्रियाशिल प्रतिपक्ष दलका प्रमुख तथा प्रतिनीधीहरु रहेका ८ राजनैतिक दलका जनप्रतिनीधिहरुले ४ वर्षे कार्यकालमा जनचाहना अनुरुप काम हुन नसकेको भन्दै नागरीक स्तरबाट गुनासो आएको जनाउदै नगर प्रमुख धिरज शर्मा बस्याललाई ध्यानार्कषण पत्र बुझाएका छन ।




प्रमुख प्रतिपक्ष दल नेपाली काङगे्रस सहितका ८ दलले सम्युंक्त रुपमा सोमवार नगर प्रमुख वस्यालको कार्यकक्ष मै पुगी ४ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

दलहरुले नगरमा जनताको चाहना अनुरुप बृहत्तर विकासमा कुनै पनि ठोस योजनाका कार्यहरु नभएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

नगर भित्र गरिएका शैक्षिक क्षेत्र लगाएत विकास निर्माणका प्राथमिकताहरुमा सुशासन, जवाफदेहिता, आर्थिक पारदर्शिता निस्पक्ष सुशासन ढंगले काम हुन नसकेको लगाएत मुख्य ४ वटा बुदाहरुमा ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सो ध्यानाकर्षण पत्रमा बर्दघाट नगर भित्र रहेका क्रियाशिल प्रमुख तथा प्रतिनीधीहरु नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ , नेकपा ( माओवादि केन्द्र ) नगर इन्र्चाज रुद्र प्रकाश उपाध्याय विप्लवी, नेकपा ( एमाले ) नगर ईन्चार्ज टंक प्रसाद खनाल, ज.स.पा नेपालका अध्यक्ष गुलाव चौधरी, राष्ट्रिय जनमुक्ति पार्टिका उपाध्यक्ष गौरी थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बलिराज रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनीधि प्रकाश रायमाझी र नेकपा ( क्रान्तिकारी ) का अध्यक्ष रामचन्द्र पोखरेलले सम्युक्त हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा विगत ४ वर्षको वजेट निर्माण हुदा समितिहरुद्धारा छलफल र निर्णयहरु नै नगरी नगरले ऐकलौटी रुपमा वजेट निर्माण गर्ने लगाएत उल्लेख गरिएको छ ।

वडा कार्यालय निर्माण र भौगोलिक संरचना सगँै जनसंंख्याको आधारमा वडा समायोजन हुनु पर्ने र नगरबाट वडामा संचालन गर्नु पर्ने कार्यक्रम र बजेट बारे वडा अध्यक्षहरुलाई पूर्ण रुपमा जानकारी नभएकोले वडा अध्यक्षहरुलाई बजेट बारे जानकारी दिनु पर्ने सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

उक्त चार वर्षको दौरानमा नगर प्रतिनीधिहरुलाई राजनैतिक दलहरुले सकारात्मक सुझाव दिदा निष्पक्ष ढंगबट सुनुवाई नभएकोले सो राजनैतिक दलहरुको सम्युक्त रुपमा दलहरु बसि आम नागरिकको आर्थिक, सामाजिक मूल्य र मान्यतालाई कार्यान्वयन गर्नकालागि आफूहरु वसि लफल गरि यो ४ बुदे ध्यानाकर्षण पत्र तयार गरि यथाशिघ्र आफूहरुको मागलाई कार्यान्वयन गर्न नगर प्रमुखको ध्यानाकर्षण गरिईएको नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठले बताए ।
त्यसै गरि नगरमा विगतका विनियोजित भएको बजेटको खर्चमा देखिएको बेरुजु यथाशिघ्र फर्छयौट गर्नु पर्ने र चालु आर्थिक वर्षमा कार्यक्रम र आगामि वर्षको योजना छनौट गर्दा सस्तो लोक प्रियता र चुनाबी योजना अनुकुल हुन नहुने बर्दघाट नेकपा माओवादी केन्द्रका नगर ईन्चार्ज रुद्र प्रकाश उपाध्यायले बताए ।
नगरपालिकाले हालसम्म खर्च गरेको सबै बजेटहरु बेरुजु हुने अवस्थामा रहेकोले नगरपालिकाको बजेट निर्माण गर्दा माघ महिना देखि प्रक्रिया शुरु गर्नु पर्ने भएतापनि असार मसान्तमा मात्र प्रक्रिया शुरु हुने गरेको र हाल सम्म नगरपालिकामा लेखा समिति नै नभएको र लेखा समितिले खर्च भएको बजेटको अनुमोदन नगरेकोले हुनाले आगामी वर्षहरुमा नगरमा बजेट नै नआउने हो कि भन्ने त्रास रहेको बर्दघाट नेकपा माओवादी केन्द्रका नगर ईन्चार्ज उपाध्यायले जानकारी दिए ।



You might also like
Loading...