नारायणी नदीको सहत खतरा पार गर्यो, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
नवलपरासी । नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।
नारायणी नदीमा अहिले ८ मिटर भन्दा बढी पानीको सतह रहेको छ ।
८ मिटर कटे पछि नारायणी नदीमा खतरा उच्च मान्ने गरिन्छ ।
यसैबीच विपद् व्यवस्थापन समिति चितवनले सूचना मार्फत नारायणी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
