गैडाकोटको सुकुम्बासी बस्तीका बासिन्दा सारियो, अमलटारीमा ५ घर डुबानमा


 



असार, २ नवलपुर ।
नारायणी नदीमा पानीका बहाब बढेसँगै डुबानमा परेको गैडाकोट नगरपालिका २ बोटे टोलका ३५ घर बासिन्दालाई स्थानान्तरण गरिएको छ ।




उनीहरुलाई सुरक्षित स्थानमा राति नै सारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
बोटे टोलमा रहेका ३५ घर डुबानमा परेपछि स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको हो ।

त्यसैगरी कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल डुबेका छन् ।
त्यहाँ फसेकालाई बुधबार बिहान उद्धार गरिएको र उनीहरूलाई नजिकको स्कुल वा सामुदायिक वनको भवनमा सार्ने तयारी भइरहेको प्रहरीले जानकारी दियो । तत्काल उद्दार गरिहाल्न पर्ने अवस्था नरहेको भन्दै स्थानीयले जानकारी दिए पछि उनीहरुलाई उद्दार नगरिएको मल्लले बताए ।



सम्बन्धित
Loading...