सुस्ता गाउँमा पानी पस्न सुरु
नारायणी पारी पश्चिम नवलपरासीको सुस्ता गाउँमा पानी पस्न थालेको छ ।
नारायणीको बाढिका कारण पश्चिम नवलपरासीमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दे सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।
गण्डक बाँधका कारण पश्चिम नवलपरासीका दुई दर्जन बढी गाँउहरु डुबानको जोखिममा पर्दे आएका छन् ।
गण्डक बाध पुरानो हुँदै गएका कारण यसका संरचना जिर्ण बन्दै गएको छ । निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भएपनि अहिले यसले ५ लाख क्युसेक प्रतिसेकेन्ड सम्म बाढिको बहाव बहन गर्न सक्ने अनुमान छ ।
नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सिमानामा रहेको ब्यारेजका ३६ ओटै ढोका खोलिएको हो ।