गैडाकोटमा डाइभर्सन भत्कँदा यातायात आवतजावतमा समस्या





गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० खरखरे खोलामा बनाएको सडक डाइभर्सन भत्कँदा यातायात आवतजावतमा समस्या भएको छ ।

मंगलबारदेखि यातायात आवतजावतमा समस्या भएको हो ।




मंगलबार पटक पटक सडक अवरुद्ध हुने र एक तर्फी सञ्चालनमा आउने गरेको थियो भने बुधबार एकतर्फी सडक सञ्चालनमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले अहिले उक्त स्थानमा एकतर्फी सडक सञ्चालनमा रहेको बताए । तथापि अहिले पनि डाइभबर्सन बग्ने खतरा रहेको छ ।
मंगलबार दिनभर खोलाले डाइभर्सन बगाउने र पुन बनाएर सञ्चालनमा ल्याउने क्रम निरन्तर चलिरहेको थियो ।




सम्बन्धित
Loading...