गण्डकी प्रदेशको बजेट १३ प्रतिशत बजेट घट्यो

100








गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि करिब १३ प्रतिशत कम ल्याएको छ । प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८/०७९ को लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार को बजेट प्रस्तुत गरेको छ ।

उक्त बजेट चालु आर्थिक वर्ष २०७६/०७७ को भन्दा ४ अर्ब ८१ करोड रुपैयाँ कमको बजेट आएको हो । उक्त बजेट चालुतर्फ ४३.५ प्रतिशतले १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार र पुँजीगततर्फ भने ५५.७ प्रतिशत अर्थात १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार विनियोजन गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । त्यसैगरी वित्तीय व्यवस्थातर्फ २४ करोड (०.८ प्रतिशत) रहेको छ ।




आर्थिक वर्ष २०७७/०७८ मा ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट प्रस्तुत भएको थियो । चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार, पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ८ प्रतिशतले बढी थियो ।

आर्थिक वर्ष २०७५/०७६ का लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट विनियोजना गरिएको थियो । उक्त बजेटको चालूतर्फ २९ प्रतिशत अर्थात ६ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ विनियोजना गरिएको थियो भने पुँजीगततर्फ ६६ प्रतिशत अर्थात १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ विनियोजना भएको थियो ।

२०७५/०७६ मा २४ अर्ब बजेट ल्याएको सरकारले २०७६/०७७ मा भने ह्वात्तै बढाएर ३२ अर्ब बजेट ल्यायो, चालु आर्थिक वर्षमा भने ८ प्रतिशत वृद्धि गरी ३४ अर्ब ८४ करोड बजेट ल्याएको थियो । आगामी वर्षमा भने करिब १३ प्रतिशत अर्थात ४ अर्ब ३ करोड घटेर आएको हो ।



You might also like
Loading...