लगातारका बर्षा पछि नवलपुरका ठाउँठाउँमा डुबान र कटान




नवलपुर । लगातारको बर्षा पछि आएको बाढीले नवलपुरको ठाउँठाउँमा डुबान र कटान गरेको छ ।

नारायणी नदीमा आएको बाढी, अरुणखोला, गिरुवारी खोला लगायतका ससाना खोलाहरुमा आएको बाढी र आकासबाट परेको पानीको निकास नहुँदा ठाउँठाउँमा डुबान र कटान भएको छ ।




नारायणी नदीमा पानीका बहाब बढेसँगै डुबानमा परेको गैडाकोट नगरपालिका २ बोटे टोलका ३५ घर बासिन्दालाई स्थानान्तरण गरिएको छ ।
त्यसैगरी कावासोती १७ अमलटारीमा ५ घर डुबानमा परेको छ । यहाँको नाना होटल, रिटनिङ होटल, ग्याबल ह्याचरी, नारायणी प्रावि डुबानमा परेको छ ।
त्यसैगरी मध्यविन्दु २ भुताहा टोलमा २० घर डुबानमा परेपछि उनीहरुलाई आफन्तकोमा स्थानान्तरण गरिएको छ ।
त्यसैगरी भुताहामा रहेको नेपाली सेनाको खडक दलको भुताहा पोष्ट पनि डुबानमा परेको छ । पोष्टलार्य शारदा प्राविमा स्थानान्तरण गरिएको छ ।
त्यसैगरी मध्यविन्दु ३ को ब्रम्हस्थान घाट डुबानमा परेको छ भने मध्यविन्दु १५ चिसापानी, कोल्कत्ता, हरकपुरा खेत मकै डुबानमा परेको छ ।
त्यसैगरी मध्यविन्दु १५ कै सिमारा र प्रर्सौनीमा गिरुवारी खोलाले जमिन कटान गरेको छ ।
त्यसैगरी मध्यविन्दु ७ को रामजी टोलाका खेत डुबानमा परेको छ भने गिरुवारी खोला मध्यविन्दु ७ कै मध्यविन्दु क्रसर जाने बाटो कटान गरेको र खोलामा लगाइएको तट्बन्धनको तारसमेत बाढीले भत्काएको स्थानीयले जनाएका छन् ।
त्यसैगरी अरुण्खोलामा आएको बाढीले मध्यविन्दु ११ खयर साल, तल्लो कुसण्डे बाटो र खेत कटान गरेको छ भने यता मध्यविन्दु १४ बतासामा बस्तीको बाटो र खेत कटान गरेको स्थानीयले जनाएका छन् ।
त्यसैगरी मध्यविन्दु १२ तमासपुर खेत डुबानमा परेको छ ।
यसैबीच नवलपुरका बाढी ग्रस्त क्षेत्रको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी सहितको टोलीले निरीक्षण गरेका छन् ।



सम्बन्धित
Loading...