नवलपुरमा पाँच हजार जेष्ठ नागरिकले लगाए कोभिड १९ विरुद्धको भेरोसिल खोपको पहिलो डोज

194








कृशला सापकोटा –
नवलपुर । पूर्वी नवलपरासीमा झण्डै ५ हजार जेष्ठ नागरिकले कोभिड १९ विरुद्धको भेरोसिल खोप लगाएका छन् ।

नवलपुरमा ५ हजार २५ जोड खोप आएकोमा ४ हजार ९ सय ३१ जना जेष्ठ नागरिकले चाइनाबाट आएको भेरोसिल खोप लगाएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।




त्यसैगरी काठमाडौं लगायतको सहरमा पहिलो डोज भेरोसिल खोप लगाएर छुटेका १९ जनाले नवलपुरमा दोस्रो डोज खोप लगाएको समेत उनले बताए । बाँकी ७६ डोज खोप बौदीकाली गाउँपालिकामा रहेका र उक्त खोपको विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए ।

नवलपुरको गैडाकोटमा ९ सय ६०, बौदीकालीमा १ सय ७४, हुप्सेकोटमा ४ सय १७, देवचुलीमा ७ सय ७६, कावासोतीमा १ हजार २५, मध्यविन्दुमा ८ सय ७०, विनयी त्रिवेणी ४ सय ४ जनाले पहिलो जोडको खोप लगाएका छन् ।

नवलपुरमा ६० देखि ६४ बर्ष उमेर समूहकोलाई खोप लगाइदिने गरी योजना बनाइएको भए पनि खोपको मात्रा कम आएका कारण ६२ देखि ६४ बर्ष उमेर समूहको लागि मात्र खोप लगाइएको थियो ।

 



You might also like
Loading...