बाढी क्षेत्रको अवलोकन

168








श्याम थापा –

सुस्ता ३ असार –




पूर्व गृहराज्यमन्त्री एवं प्रतिनिधि सभाका निवर्तमान् सांसद देवेन्द्र राज कंडेल र नेपाली काङ्ग्रेसका नेता एवं संविधान सभाका सदस्य देवकरणप्रसाद कलवारले पश्चिम नवलपरासीको बाढी र डुबान क्षेत्रको अवलोकन गरेका छन् ।

लगातार रूपमा परेको अविरल बर्षाका कारणले नारायणी नदिमा पानी बहाव बढ्न थालेपछि नेपाली काङ्ग्रेसका नेता कंडेल र कलवार बाढी र डुबान क्षेत्रको अवलोकन गरेका हुन् ।

अवलोकनको क्रममा कंडेलले पानीको बहाव बढी भएको कारणले नारायणी नदिको आसपासमा बसेका सम्पूर्ण नागरिकहरुलाई उच्च सतर्कता अपनाएर बस्न आग्रह गरे ।

त्यस्तै कलवारले नारायणी क्षेत्रका आसपासका नागरिकहरुले आफ्नो महत्वपूर्ण कागजातहरु सुरक्षित स्थानमा राखी पूर्व तयारी अवस्थामा बस्नका लागि आग्रह गरे ।

दुबै नेताले नारायणी नदीको आसपासका बासिन्दाहरुलाई केही समस्या परे तत्काल उद्दार कार्यमा लाग्न आफ्नो कार्यकर्तालाई निर्देशन दिए ।



You might also like
Loading...