कावासोतीमा मोटरसाइकल दुर्घटनामा ३ जना घाइते


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा विहीबार भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।



नवलपुर प्रहरीका अनुसार कावासोती १७ सिमाना चोकमा लु १२ प ७७२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी मध्यविन्दु १ अभियान निवासी ३२ बर्षका विशाल महतो, ३० बर्षीय नारायण महतो र २५ बर्षीय अनिल महतो घाइते भएका छन् ।




उनीहरुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...