जिल्ला अस्पताललाई अक्सिजन कन्सन्टेटर प्रदान

80








कावासाेती । ग्रेटर रिडिंग नेपाली समाज युकेले मध्यविन्दु जिल्ला अस्पताललाई अक्सिजन कन्सन्टेटर प्रदान गरेको छ । मध्यविन्दु जिल्ला अस्पताललाई ग्रेटर रिडिंग नेपाली समाज युकेले पाँच थान अक्सिजन कन्सन्टेटर प्रदान गरेको हो ।



जिल्ला अस्पतालमा कोभिड १९ को उपचारलाई सहज बनाउन सामाग्री बितरण गरिएको हो । जिल्ला अस्पतालमा कोभिड १९ का बिरामीको उपचारका क्रममा अक्सिजनको अभाव नहोस भनेर समाजले अक्सिजन कन्सन्टेटर प्रदान गरेको हो । डा. पुष्पमनी खरालको पहलमा जिल्ला अस्पताललाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बीर बहादुर थापालाई सो सामाग्री हस्तान्तरण गरिएको थियो ।


You might also like
Loading...