सहयोगी समिति नवलपुरले दियो सशस्त्रलाई उद्धार सामग्री

139








३ असार, नवलपुर ।
विपद व्यवस्थापन सहयोगी समिति नवलपुरले सशस्त्र प्रहरी बल नवलपुरलाई उद्धार सामाग्री हस्तान्तरण गरेको छ । समितिले बिहिबार सशस्त्र प्रहरी बल नवलपुरलाई पाँच थान ट्युव हस्तान्तरण गरेको हो ।




वर्षासंगै बाढी र डुबानका घटना हुन सक्ने भएकाले त्यस्तो समयमा उद्धारकालागि आवश्यक पर्ने सामाग्री प्रदान गरिएको समितिका अध्यक्ष शिव गिरीले बताए । अध्यक्ष गिरीले उद्धार सामाग्री सशस्त्र प्रहरी बल नवलपुरका डिएसपी बीरभद्र नाथलाई हस्तान्तरण गरे ।

सामाग्री ग्रहण गर्दै डिएसपी नाथले चोरमारा, थुम्सीमा रहेका सशस्त्र क्याम्पहरुमा उद्धार सामाग्री राखिने बताए।
सामाग्री हस्तान्तरण कार्यक्रममा सचिव आनन्द श्रेष्ठ, समितिका सदस्यहरु वेद प्रसाद न्यौपाने, भोजराज दाहाल, चन्द्र रानाभाट लगायतको उपस्थिती रहेको थियो ।

यस्तै, सहयोगी समितिलाई कुवेतवाट नगद सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारीमा रहेका नवलपुरको डेढगाउँ निवासी छविराम सुनारले पठाएको पाँच हजार रुपिँया रकम सदस्य दयाराम आचार्य मार्फत् समितिका संयोजक शिव गिरीलाई प्राप्त भएको छ ।

विपद व्यवस्थापन सहयोगी समिति नवलपुरले कोरोनाको दोश्रो लहरसंगै अक्सिजनको व्यवस्थापन, स्वास्थ्य सामाग्री प्रदान लगाएतका कामहरु गर्दै आएको छ ।



You might also like
Loading...